जेठ २ देखि सगरमाथा संवाद

काठमाडौँ । सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्न आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने भएको छ ।

संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी दिएका हुन् ।

उक्त संवादमा व्यक्त धारणाका आधारमा जलवायु अनुकूल र असर न्यूनीकरणका कार्यक्रम लागू गरिने राष्ट्रपति पौडेलले बताए । सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =