श्रम गर्ने संस्कृतिको विकास, आगामी दशकलाई आन्तरिक रोजगारी दशक

काठमाडौं । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका छन् ।

उनले इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणालीको लागू गरिने बताए ।

उनले श्रम अडिटको माध्यमबाट आधारभुत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने जानकारी गराए ।

उनले दक्ष जनशक्ति पलायन रोक्न विगतमा भई गरेका र हाल रोकिएका श्रम प्रोत्साहनको अभ्यासलाई निरन्तरता दिइने घोषणा गरे ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौडेलले देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिने बताउँदै आगामी दशकलाई आन्तरिक रोजगारी दशकको रूपमा मनाइने घोषणा गरे ।

उनले रोजगारी तथा ज्याला रोजगारी दुवैको माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =