संविधानको समीक्षा गरिने, सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाइने
२०८२ वैशाख १९ गते

काठमाडौं । सरकारले संविधानको समीक्षा गर्ने भएको छ ।
शुक्रवार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनकाअनुसार सरकारले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण गर्ने, यसका बिरुद्ध हुने कुनैपनि प्रकृतिका प्रतिगामी, पुनःउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने बताए ।
संविधानको समीक्षा गर्नुका साथै सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी, कमजोरी सच्याउँदै सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाइने बताए ।
राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने बताए ।
२०८२ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








