अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
२०८२ वैशाख १९ गते

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
उनीहरूबिच आज बिहान अर्थ मन्त्रालयमा भेट भएको हो ।
त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
२०८२ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








