नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न, तयारी पूरा
२०८२ वैशाख १९ गते

काठमाडौं । आर्थिक वर्ष २०८२-०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ ।
शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो ।
तयारी कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो । नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले बताएको छ ।
२०८२ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








