सिंहदरबारमा ओली–देउवाबीच भेटवार्ता, बोलाउँदा पनि गएनन् प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

यसअघि बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी हुने भनिएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्डलाई बोलाएका पनि थिए ।

तर, अन्तिम समयमा अध्यक्ष प्रचण्ड बैठकमा सहभागी भएनन् । प्रचण्ड बैठकमा नआएपछि प्रधानमन्त्री ओली र सभापति देउवाले मात्रै छलफल गरेका थिए ।

बैठकमा समसामयिक राजीनितक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =