३६ घण्टाभित्र भारतीय सैन्य हमलाको चेतावनी पाएका छौँ : पाकिस्तान

एजेन्सी । पाकिस्तानी सूचना तथा प्रशारणमन्त्री अत्ताउल्लाह तरारले भारतले आगामी २४ देखि ३६ घण्टा भित्र सैन्य हमलाको योजना बनाएको बताएका छन् ।
उनले बुधवार चेतावनी दिँदै भारतले आगामी २४ देखि ३६ घण्टा भित्र सैन्य हमलाको योजना बनाउन सक्ने बताए ।
एक भिडियो वक्तव्यमा तरारले पाकिस्तानले भारत नियन्त्रित कश्मीरमा अवस्थित पहलगाममा भएको हालैको घटनासँग सम्बन्धित निराधार आरोपको आधारमा भारत सैन्य कारबाहीको तयारी गरिरहेको संकेत विश्वसनीय गुप्तचरबाट प्राप्त गरेको बताए ।
उनले भारतको यस्तो कुनैपनि कदमलाई निर्णायक प्रतिक्रियाको सामना गर्ने उनले चेतावनी दिए ।
भारतीय मिडिया रिपोर्टहरूकाअनुसार यस महिनाको शुरुमा पहलगाममा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि दुई दक्षिण एशियाली छिमेकीहरू बीच तनाव बढेको छ ।
जसमा कम्तिमा २५ जनाको मृत्यु भएको थियो । भारतले आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ, जुन आरोपलाई इस्लामाबादले कडा रूपमा अस्वीकार गरेको छ ।








