नाउपाका संरक्षक रेशम चौधरी रिहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । चौधरी आज दिउँसो प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका थिए ।

आजै बिहान अदालतको रिट तथा मुद्दा महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र काटेको थिए ।

उनले चौधरीलाई कारागारमा राख्नु भन्दै डिल्लीबजार कारागारलाई पत्र लेखेका थिए । उक्त अनधिकृत पत्रका आधारमा प्रहरीले चौधरीलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको थियो ।

चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागारमा राखिएको थियो ।

तर, सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरेपछि चौधरी रिहा भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =