एन.आइ.एम.बि.स्टक मार्केट्सले संचालनमा ल्यायो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम


काठमाडौं । एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम वैशाख १४ गते देखि औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
शेयर कारोवारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ तयार गरिएको यस आधुनिक प्रणाली प्रयोगकर्ताहरूको लागि उपलब्ध गरेको हो ।
नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम को सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरूले अनलाइन मार्फत शेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने ; Real-time order placement and portfolio trac सुविधा तथा मोबाइल उपकरणहरूमा पनि सजिलो पहुँच रहेको छ ।
एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेड, नेपाल धितो पत्र बोर्ड (SEBON) बाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दो तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
