रेशमजी छिट्टै छुट्नुहुन्छ : रञ्जिता श्रेष्ठ
२०८२ वैशाख १७ गते

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपाका संरक्षक समेत रहेका रेशम चौधरी छिट्टै छुट्ने बताएकी छिन् ।
संरक्षक चौधरी पत्नी समेत रहेकी श्रेष्ठले रेशम चौधारी छिट्टै छुट्ने र सम्पूर्णमा विश्वस्त रहन समेत आग्रह गरेकी हुन् ।
अध्यक्ष श्रेष्ठ भन्छिन्–‘ रेशमजी छिट्टै छुट्दै हुनुहुन्छ । सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु ।’
चौधारी बुधवार काठमाडौँस्थित प्रज्ञा भवनबाट पक्राउ परेका थिए । उनी जनमत पार्टीसँग पार्टी एकताको लागि प्रज्ञा भवन पुगेका थिए । हाल संरक्षक चौधरी डिल्लीबजार कारागार चलान भएका छन् ।
२०८२ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित










