पार्टी एकता रोक्न संरक्षक रेशम चौधरीलाई पक्राउ गरियो : प्रवक्ता यादव

काठमाडौं । नागकिर उन्मुक्ति पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी एकता हुन नदिन पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले पक्राउ गरेको आरोप लगाएका छन् ।

बुधवार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट संरक्षक चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले संरक्षक चौधरीलाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले कुनै जानकारी नदिएको बताए ।

उनले पहिचानवादी शक्तिहरुबीच एकता नहोस् भन्ने शक्तिले एकता प्रक्रिया बिथोल्न खोजेको बताए । उनले तत्कालका लागि पार्टी एकता रोकिएको बताए । जनमत पार्टीसँग छलफल गरेर पुनः एकता प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

जनमत पार्टीका उपाध्यक्ष खब्दुल खानले केही दिनभित्र पुनः पार्टी एकता हुने बताए । उनले मधेशी, थारु तथा मुश्लिम समुदायबीच एकता हुन लाग्दा सरकारले पार्टीको संरक्षकलाई पक्राउ गर्नु राजनीतिक दुर्घटना भएको बताए ।

उनले सरकारले मधेसी समुदायमाथि कुठाराघात गरेको आरोप लगाए । पार्टी एकताबारे केही दिनमै अन्तिम टुङ्गो लाग्ने उनको भनाइ छ ।

खानले फुटको राजनीति गरेर शासन सत्ता सञ्चालन गरिरहेका नेताहरुले एकता नहोस् भनेर गरेको षड्यन्त्र भएको आराप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =