वार्ता विफल, शिक्षकहरू आज पनि माइतीघरमा प्रदर्शन गर्दै

२०८२ वैशाख १७ गते

काठमाडौं । सरकार र नेपाल शिक्षक महासङ्घबीचको वार्ता निष्कर्षविहीन भएपछि देशभरका शिक्षकहरू आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका छन् । शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन अझै निरन्तर रहने भएको हो ।
गएराति सरकार र महासङ्घबीच भएको संवाद कुनै ठोस सहमतिमा पुग्न नसकेपछि शिक्षकहरू पुनः सडकमा उत्रिन लागेका हुन् । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन र संवाद सँगसँगै अघि बढ्ने बताए । ‘संवादमा सहभागी साथीहरू आफ्नो माग र मुद्दामा दृढ छन्,’ अध्यक्ष सुवेदीले भने, ‘संविधानसम्मत हक र अधिकारका लागि हाम्रो आन्दोलन मर्यादित ढंगमा जारी रहनेछ ।’
शिक्षकहरूलाई बिहीबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गर्दै सुवेदीले आन्दोलनलाई अनुशासित, सभ्य र सशक्त बनाउने अपिल गरेका छन् ।

२०८२ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित