यो सरकारले देश चलाउँछु भन्नु दिवा सपना जस्तै हो : ज्ञानेन्द्र शाही (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहले शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउछु भन्नु दिवासपना जस्तै भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो टिप्पणी गरेका हुन् । ‘पटकपटक व्यवस्था फेरिए, सरकार फेरियो, तर जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले देश चलाउछ भन्नु पनि अब दिवासपना जस्तो भएको छ । त्यसकारण सरकारले यो समस्याको हल गरोस्’ उनले भने ।

आन्दोलन र युद्धका नाममा विद्यालय बन्द गर्ने परम्पराको कारण गरिब जनाताका छोराछोरीहरुले पढ्न नपाएको उनको भनाइ छ ।

उनले पटक पटक व्यवस्था र सरकार परिवर्तन हुँदा समेत शिक्षा नीतिमा परिवर्तन नगरिएको भन्दै उनले यही नीतिबाट मुलुक अगाडि बढ्न नसक्ने उनको जिकिर छ । ‘सरकारी विद्यालय पढ्ने भनेको गरिबका छोराछोरीले हो,’ उनले भने, ‘आज गरिबका छोराछारी शिक्षाबाट वञ्चित भएका छन् । आन्दोलन, युद्ध र विद्यार्थी सङ्गठनका नाममा विद्यालय बन्द गर्ने परम्पराले गरिबका छोराछारी पढ्न पाएका छैनन् ।’

उनले शिक्षक, विद्यार्थी तथा चिकित्सहरुका भातृ सङ्गठनहरु खारेज गर्नुपर्ने समेत बताए ।

सरकारी कर्मचारीले राजनीति गर्ने नभई मुलुकको सेवा प्रवाहमा सहयोग गर्नुपर्ने बताए । ‘पार्टीका शिक्षकहरु, विद्यार्थीहरु, चिकित्सकहरुका भातृ सङ्गठनहरु खारेज नै गर्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *