एनएमबि बैंकले तीन वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग गर्‍यो साझेदारी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC), बीआइआइ (BII)र मेटलाइफ MetLife ) सँग साझेदारी गरेको छ ।

नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित हरित वण्ड (Green Bond) जारी गर्ने उद्देश्यका साथ बैंकले साझेदारी पत्रमा हस्ताक्षर गरेको हो ।

यस साझेदारीमार्फत जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको उर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिइएको बैंकले जनाएको छ ।

वण्डबाट संकलित रकम विशेषतः सौर्य ऊर्जा, विद्युतीय सवारी साधन, हरित भवन निर्माण, बायोमास परियोजनाजस्ता नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गरिनेछ ।

यस पहलले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे ।

साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *