गगनविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाविरुद्ध दर्ता गरिएको अवहेलना मुद्दा आज सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेश भएको छ । आजको लागि तय गरिएको १४ वटा मुद्दामध्ये थापासम्बन्धी अवहेलना मुद्दा पहिलो नम्बरमा परेको छ ।

अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आइतबार थापाविरुद्ध यो मुद्दा दायर गरेका थिए । सांसद थापाले गत बिहीबार सर्वोच्च अदालतमाथि संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी ५२ मुद्दामा किनारा नलागेको विषयमा अदालतले ‘डिल’ गरेको आरोप लगाएका थिए । उनले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिँदै गर्दा समेत नियुक्ति प्रक्रिया टुंग्याउन नसकेको भन्दै अदालतको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए ।

हाल सर्वोच्च अदालतमा विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =