शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ

काठमाडौँ । शिक्षा मन्त्रालयले सर्वोच्च अदालतलाई जवाफ पठाएको छ ।

अदालतले दिएको तीन दिने आदेशको शिक्षा मन्त्रालयले जवाफ पठाएको हो ।

शिक्षा मन्त्रालयले शिक्षकका माग सम्बोधनका लागि भइरहेका प्रयासबारे अदालतलाई जवाफ पठाएको हो ।

बिहीबार सर्वोच्चले चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न आदेश दिएको थियो ।

मन्त्रालयले शिक्षकका माग सम्बोधनका लागि सरकारका तर्फबाट भएको प्रगति विवरणसहित सर्वोच्च अदालतलाई प्रतिवेदन पठाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *