हिमालयन बैंकले बत्तीसपुतली शाखाकै नामबाट दिन थाल्यो सेवा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

बैंकको बत्तीसपुतली शाखा साबिक भवनबाट स्थानान्तरण गरी नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट वैशाख १४ गते देखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपस्थितिमा गरेका थिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २८४ एटिएम, ८,००० भन्दा बढी पस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *