सोमबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (सोमबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ रहेको थियो, जसअनुसार आज तोलामा १ हजार ४ सय रुपैयाँको गिरावट आएको हो ।

चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएकोमा सोमबार यसको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *