गगन थापाविरुद्ध अदालतमा मुद्दा दायर
२०८२ वैशाख १४ गते

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध अदालत अवहेलना मुद्दा दायर भएको छ ।
संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले डिल गरेको अभिव्यक्ति दिएपछि थापाविरुद्ध अवहेलना मुद्दा दायर भएको हो ।
थापाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता विशाल थापालगायतले आज अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।
थापाको मुद्दा सुनुवाइका लागि मङ्गलवारलाई पेशी तोकिएको छ ।
२०८२ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित








