चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्छ : शशांक कोईराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताएका छन् ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले शिक्षकहरुसँग अहिले वार्ता भइरहेको र के निर्णय हुन्छ भन्नेबारेमा पर्खिनुपर्ने बताए ।

उनले शिक्षकका माग पूरा हुनुपर्नेमा काँग्रेस सकारात्मक रहेको बताए ।

उनले भने– ‘शिक्षकहरुसँग वार्ता भइरहेको छ । के निर्णय हुन्छ मलाई थाहा छैन । वार्ता भइरहेको छ । यो अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास हुनुपर्छ । हामी पोजिटिभ दृष्टिकोण राख्छौँ ।’

गत वर्षको चैत्र २५ गतेदेखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *