जनमत र नागरिक उन्मुक्तिको पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी रहने


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको पार्टी एकता वैशाख १७ गते हुने बताएकी छन् ।
संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुरानकानीमा अध्यक्ष श्रेष्ठले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकता हुने बताएकी हुन् ।
उनले १५ गते केन्द्रिय कमिटीको बैठक बसेर निर्णय लिने बताइन् । उनले एकतापछिको पार्टीको नेतृत्वमा संरक्षकमा रेशम चौधरी, अध्यक्षमा डा. चन्द्रकान्त राउत र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने बताइन् ।
उनले भनिन्– ‘दुई पार्टीको एकता घोषणा १७ गते हो । १५ गते केन्द्रिय कमिटीको बैठक बोलाएका छौँ । १७ गते एकता घोषणाको लागि १५ गते निर्णय गर्छौं । पार्टीको संरक्षक माननीय रेशम जी, अध्यक्ष डा. चन्द्रकान्त राउत, सह अध्यक्ष म रहेको छु । नागरिक जनमत पार्टी ।’
एकतापछिको पार्टीको नाम नागरिक जनमत पार्टी रहने बताइन् ।
