सहकारी ठगीमा पक्राउ परेकी कांग्रेस सांसदलाई तीन दिन हिरासतमा राख्न अनुमति

२०८२ वैशाख १४ गते

काठमाडौं । नेपाली काँग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
सांसद राईलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी प्रकरणमा पक्राउ गरिएको थियो ।
राई स्वर्णलक्ष्मी सहकारी संस्थाको सञ्चालक समितिमा सहसचिवको पदमा कार्यरत थिइन् । प्रारम्भमा उनलाई उन्मुक्ति दिइएको थियो, जसको कारण चौतर्फी आलोचना पनि भएको थियो ।
तर, हालको अनुसन्धानले राई र अन्य पाँच व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ, जसमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप छ ।

२०८२ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित