सरकारले शिक्षकहरुसँग वार्ताको नाटक होइन सार्थक वार्ता गरोस् : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् । उनले सरकारले शिक्षकहरुलाई अल्झाउनको लागि वार्ताको नाममा नाटक गरिरहेको उनको आरोप छ ।

शिक्षकहरुका माग सम्बोधन गर्न नाटक नभई सार्थक वार्ता गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने– ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी शिक्षकहरुले गरिरहेके आन्दोलनमा तत्काल सरकार वार्ता गरोस् । वार्ताको नाटक होइन सार्थक वार्ता गरोस् र समस्या समाधान गरोस् । शिक्षकहरुलाई मर्यादित बनाएर विद्यालय कर्मचारीका समस्याहरुलाई समेत समाधान गर्दै यो सडक आन्दोलनलाई तत्काल टुंग्याउने काममा ध्यान देओस् ।’

उनले अहिले प्रमुख राजनीतिक दलहरु सरकारमा भएको बेलामा शिक्षकहरुसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण शिक्षकका समस्याहरु पेचिलो हुँदै गएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *