मण्डलामा प्रेम सम्बन्धका नाटक ‘कथा-एक’को मञ्चन सुरु (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘कथा–एक’ को मञ्चन सुरु भएको छ । सम्बन्ध र त्यसमा आइपर्ने उतारचढावको कथा भन्ने नाटक गत शुक्रवारदेखि मञ्चनमा आएको हो ।

नाटकमा सम्बन्धमा हुने क्षमा र स्वीकारको कथा रहेको छ । सम्बन्धमा खोजिने प्रेम, आकर्षण, मतभेद र असहजता हुँदै फेरि सम्बन्धमा फर्कनु जस्ता घटनाक्रमलाई प्रस्तुत गरिएको छ । यो कवि तथा रंगकर्मी अनुप न्यौपानेको डेब्यु निर्देशनमा बनेको नाटक हो ।

यस नाटकलाई निर्देशक न्यौपाने र प्रेम शिलवाल विश्वकर्माले लेखेका हुन् । नाटकमा वेदना राई, प्रेम शिलवाल विश्वकर्मा, मिलन कार्की, सम्योग गुरागाईं, सनम श्रेष्ठ, कृस्टिना बस्नेत र अजय कार्कीको अभिनय रहेको छ । नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ६ः३० बजे यही २८ वैशाखसम्म मञ्चन हुनेछ ।

हेर्नुहोस् तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *