एनएमबि बैंकको सीईओ पदमा गोविन्द घिमिरे नियुक्त

काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हालेका छन् ।

आजदेखि घिमिरेले औपचारिक रूपमा पद सम्हालेका हुन् ।

तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध छन् ।

बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरि कार्य अनुभव हासिल गरेका घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

उनले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिँदै आएको बैंकले जनाएको छ ।

नव नियुक्त कार्यकारी अधिकृत घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै भने ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।’

साथै, आजैका मितिबाट लागु हुने गरी बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् ।

स्वदेशी तथा विदेशी बैङ्कहरूमा कार्य गरि कार्य अनुभव प्राप्त गरेका सुदेश उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग व्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *