भारत सँग ऊर्जा विकासका सम्झौता (भिडिओ )

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपालका ऊर्जा क्षेत्रको विकासका लागि सम्झौता भएको छ ।

दुहिदिने भ्रमणका लागि नेपाल आउनुभएका भारतीय विद्युतमन्त्री खट्टर र उर्जामन्त्री खड्काको उपस्थितिमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम बारे सम्झौता भएको हो ।

गएको माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिव स्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेको थियो । त्यही सहमति अनुसार आज नेपाल विद्युत् प्राधिकरण र पावर ग्रीड लिमिटेडले संयुक्त कम्पनी स्थापना गर्न सम्झौता गरेका हुन् । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रीड लिमिटेड भारतका निर्देशक डा यतिन्द्र दुवेदीले संयुक्त हस्ताक्षर गरे ।

समझदारी अनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने उल्लेख छ । बाँकी ४९ प्रतिशत अर्को देशको रहनेछ । प्रसारण लाइनमध्ये इनरुवा–न्यु पूर्णियाको लम्बाई नेपालतर्फ २५ र भारततर्फ १०० किलोमिटर रहेको छ भने दोधारा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *