प्रेस विज्ञप्ति

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बनेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत्र मसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ ।

पछिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको बैंकले जनाएको छ जसअनुसार बैंकको आधार दर चैत्र मसान्तसम्म ७.१४ प्रतिशत रहेको छ ।

जुन प्राय बैङ्कहरू भन्दा कम रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरूले लिन सक्ने बैंकले जनाएको छ ।

त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषका तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको जनाएको छ । जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२.५ प्रतिशत रहेको थियो ।

न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरूमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *