ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना सार्वजनिक

२०८२ वैशाख ९ गते

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ ।
यस कर्जाको मुख्य उद्देश्यहरू नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरू जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरूले प्रत्यक्ष लाभ लिन सकिनेछ । बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।

२०८२ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित