कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

२०८२ वैशाख ५ गते

काठमाडौं । नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज (शुक्रबार) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ ५० पैसा कायम भएको छ ।

२०८२ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित