कुमारी बैंकले ल्यायो ‘टपअप र फोन पे डाइरेक्ट गरौँ’, बम्पर उपहार जितौँ !’ योजना

काठमाडौँ । कुमारी बैंकले नयाँ योजना ‘Topup र Fonepay Direct गरौँ’, बम्पर उपहार जितौँ !’ सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । जसमा बम्पर उपहार iPhone 16 रहेको छ भने हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को Fonepay Direct कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार (iPhone 16) को लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्नेछन् ।
साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरूप नयाँ iPhone 16 जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना १ बैंशाख २०८२ देखी ३१ वैशाख २०८२ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।









Janta Lai murkh banayeko matrai ho yin ko boli ko thekan chaina
Janta Lai murkh banaune band garnu
Angur khatte ha