प्लास्टिक सर्जरी ट्रोलबारे बोलिन मौनी- केही छैन, सबैलाई आ-आफ्नो काम गर्न दिनुस्

काठमाडौँ । भारतकी नागिन फेम्ड अभिनेत्री मौनी राय केही लामो समयदेखि विवादमा तानिएकी छन् । उनले प्लास्टिक सर्जरी गरेको भन्ने हल्ला चलिरहेको छ ।

वास्तवमा केहि समय पहिले उनी एउटा इभेन्टमा गएकी थिइन् । त्यसबेला निधारमाथिको ब्याङ्ग्स देखेर मानिसहरूले मौनीले सर्जरी लुकाउने प्रयास गरेको भन्ने अनुमान लगाएका थिए । कोही मानिसहरूले उनको लुक बद्लिएको समेत महसुस गरे ।

मौनीले प्लास्टिक सर्जरी गरेर निधार सानो बनाएको अथवा ओठमा सर्जरी गरेको भनेर मानिसहरू उनलाई ट्रोल गरिरहेका छन् ।

यसैक्रममा मौनीले पनि आफ्नो लुकबारे गरिएको ट्रोलमा जवाफ दिएकी छन् ।

उनले मुम्बई टाइम्स फेसन विकमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै भनिन् ‘केही छैन, सबैलाई आ–आफ्नो काम गर्न दिनुस् । स्क्रिनको पछाडि बसेर ट्रोलिङ गर्दै छन् र तपाईँलाई खुसी मिलिरहेको छ भने केही भन्नु छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *