स्काइवेल एसयुभी खरिद गर्दा युरोप भ्रमणको सुनौलो अवसर

काठमाडौं । स्काइवेल एसयुभीका ग्राहकहरूलाई अब युरोप भ्रमणको विशेष अवसर प्रदान गर्दै एक अनोखी योजना सार्वजनिक गरिएको छ । नेपाली बजारमा उपलब्ध लक्जरी इलेक्ट्रिक एसयुभी स्काइवेल ड्राइभले आफ्ना ग्राहकलाई युरोप भ्रमणको अवसर दिन थालेको हो ।

स्काइवेल ड्राइभ २०२५ नेपाल टु युरोप क्याम्पेनमा सहभागी भइ स्काइवेलको ‘विई ११’ र ‘स्काइवेल इटी ५’ मोडल खरिद गर्ने हरेक ग्राहकका जोडीलाई युरोप भ्रमणमा लैजाने कम्पनीको नयाँ अफर छ । यस विशेष योजना अन्तर्गत, जो ग्राहकहरूले यी मोडलहरू खरिद गर्नेछन्, उनीहरूको जोडीलाई युरोप भ्रमणको अवसर प्रदान गरिनेछ ।

स्काइवेलको विई ११ र इटी ५ मोडलहरू विश्वव्यापी सुरक्षा मापदण्डहरूको आधारमा निर्मित छन् । विशेष रूपमा, विई ११ मोडलले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जसले यसको उच्च सुरक्षा मानकलाई प्रमाणित गर्दछ । साथै, स्काइवेल इटी ५ चीनबाट निर्मित पहिलो इभी हो जसले युरोपियन युनियनको सर्टिफिकेशन प्राप्त गरेको छ ।

नेपालमा स्काइवेलको इटी ५ र विई ११ मोडलहरूले उच्च रेंजका साथ ग्राहकलाई सुविधाजनक यात्रा गर्ने अवसर प्रदान गर्छन् । स्काइवेलको इटी ५ मोडल लङ रेंज भेरियन्ट हो र यसको मूल्य १ करोड १५ लाख रुपैयाँ छ । यस्तै, विई ११ मोडलको ४१० किलोमिटर रेंजको मूल्य ७९ लाख ९० हजार र ५२० किलोमिटर रेंजको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

यी दुवै मोडलहरू फुल साइज एसयुभी हुन् जसमा १९० एमएम ग्राउण्ड क्लियरेन्स, लक्जरी इन्टेरियर, उच्च प्रविधि र स्मार्ट फिचर्स जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् । साथै, स्काइवेलको ६२० किलोमिटरको रेंजले नेपालका कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिन्छ । यसको आरामदायी र सुरक्षित राइडिङ अनुभवले यसलाई युरोपेली सडकमा पनि लोकप्रिय बनाएको छ ।

यस अफरमा सहभागी हुनका लागि, ग्राहकहरूले स्काइवेलको कुनै पनि मोडलको टेस्ट ड्राइभ गरेर सोसल मिडियामा #TestDriveSkywell र #DriveSkywellNepalToEurope ह्यासट्यागसहित पोस्ट गर्नुपर्नेछ । यसका आधारमा एक पुरुष र एक महिलालाई युरोप भ्रमणको अवसर दिइनेछ ।

यसका साथै, स्काइवेलको आयातकर्ता जि मोटर्स प्रालिले नेपालका विभिन्न स्थानहरूमा अत्याधुनिक सर्भिस सेन्टर र बिक्री कक्षहरू स्थापना गरेका छन् । भक्तपुरको राधेराधे, इटहरी, नक्साल, विराटनगर, चितवन र पोखरामा रहेका यी कक्षहरूले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै स्काइवेललाई नेपाली बजारमा अझ लोकप्रिय बनाउने लक्ष्य राखेका छन् ।

यस विशेष अफरले स्काइवेल एसयुभी खरिद गर्ने ग्राहकलाई केवल एक शानदार सवारी मात्रै होइन, एक अविस्मरणीय युरोप भ्रमणको अवसर पनि प्रदान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *