पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पाथीभरामा केबलकारको काम तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

आइतबार सर्वोच्चले याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो ।

यामबहादुर लिम्बु लगायतले पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

गत बुधबार नै न्यायाधीश शारंगा सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षलाई झिकाएको छ ।

निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने भन्दै न्यायाधीश सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षलाई झिकाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =