राष्ट्रियसभाको बैठकको समय परिवर्तन

काठमाडौं । आज बिहान ११ः१५ बजे बस्नेगरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको छ ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपरान्ह् १ः१५ बजे बस्नेगरी बैठकको समय तोक्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकको समय परिवर्तनसम्बन्धी सूचना निकालेर सचिवालयले राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरिएको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =