राजावादी आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु

काठमाडौँ । लागलागि भएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।

काठमाडौँको तीनकुनेस्थित राजावादीले गरेको आगजनीमा परेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको उनका सहकर्मीले बताए ।

उनी एभिन्यूज टेलिभिजनमा कार्यरत थिए । उनी सो भवनको छतबाट आन्दोलनका दृश्य खिची रहेका थिए ।

राजावादीहरूले उग्र प्रदर्शनका क्रममा सो घरमा प्रहरी बसेको भन्दै आगो लगाएका थिए ।

सोही क्रममा जिउँदै जलेर फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।

तर प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन ।

उक्त भवनमा आगो लगाइएपछि रजकको शव नचिनिने अवस्थामा भेटिएको हो ।

Two killed in violent royalist protest (video)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *