भाटभटेनी तोडफोड : चस्मा, बियर र लत्ताकपडा लगायतका सामान लुटपाट (भिडिओ)

२०८१ चैत १५ गते

काठमाडौँ । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरेका छन् ।
तीनकुनेमा तोडफोड गरे लगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गरेका हुन् ।
कोटेश्वर भाटभटेनीका चौथो तल्लामा रहेका खाद्यान्न एग्री वस्तु कोल्ड स्टोरेजका प्रतिनिधि सुभायू सुवेदीले चस्मा, बियर, खाद्यान्न र लत्ताकपडा लगायतका समान लुटपाट भएको बताए ।
भाटभटेनीमा बेच्नका लागि राखिएका सामानहरू सबै तितर बितर पारी नष्ट गरिएको छ ।
भिडिओ :

२०८१ चैत १५ गते
प्रतिक्रिया