ओली, देउवा र प्रचण्डबिच छलफलको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता हुने भएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न तीन शीर्ष नेताहरूको भेटवार्ताको लागि तयारी भइरहेको छ । छलफलमा शान्ति प्रक्रियाको बाँकी काम र राजावादीविरुद्ध एकमत बनाउने विषयमा छलफल हुनेछ ।

तराई मधेस जागरण अभियानमा रहेका प्रचण्ड काठमाडौँ फर्किएपछि शीर्ष नेताबिच छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड आजै साँझ काठमाडौं आउँदै छन् ।

प्रचण्ड काठमाडौं आएपछि प्रधानमन्त्री ओलीले छलफलका लागि समय तोक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =