कविता समाजलाई सुसूचित गर्ने महत्वपूर्ण माध्यम : विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसूचित गर्ने महत्वपूर्ण माध्यम भएको बताएकी छन् ।
शनिवार काठमाडौंमा कति तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले कवितामा व्यक्त आशय र विचारहरू यथार्थमा आधारित हुने बताइन् । यथार्थमा आधारित कुराहरू समाजलाई जानकारी गराउने प्रभावशाली माध्यम भएको जिकिर गरिन् ।
कविताका माध्यमबाट देश र संसारलाई बुझ्ने अवसर मिल्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन् ‘कवितामा व्यक्त जो आशय र विचारहरू छन्, यथार्थमा आधारित कुराहरू छन् । त्यो यथार्थ कुरा समाजलाई जानकारी गराउने विभिन्न माध्यमहरू हुन्छ । कविता यस्तो प्रभावशाली माध्यम हो, जसबाट हामीले एकैछिनमा संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ । हामीले देश र संसारलाई कतिवतामार्फत बुझ्न पायौँ ।’
पूर्वराष्ट्रपति भण्डारीले कविता वाचन जस्ता कार्यक्रमहरू आगामी दिनमा देशव्यापी रूपमा हुँदै जानुपर्ने बताइन् ।








