गृहका ९ उपसचिवको सरुवा, ६ जनालाई सहायक सिडीओ बनाएर पठाइयो [सूचीसहित]

काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त संख्यामा कर्मचारीहरुको सरुवा गरेका हुन् ।

यस्तै ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारी (सिडीओ) को जिम्मेवारी दिएर पठाइएको छ ।मन्त्रालयमा कार्यरत उपसचिव पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, शिवहरी पोखरेललाई सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ ।

त्यस्तै तेजप्रकाश प्रसाईलाई झापा,गोमादेवी ढकाललाई ओखलढुंगा र हरिप्रसाद गैरेलाई गुल्मीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ ।

हेर्नुहोस् सरुवा सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *