राफिन्हा र भिनिसियसको गोलमा ब्राजिलको जित

२०८१ चैत ८ गते

काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई हराएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई २-१ गोलले हराएको हो ।
ब्राजिलको जितमा राफिन्हा र भिनिसियस जुनियरले समान एक/एक गोल गरे । कोलम्बियाका लागि लुइस डियाजले एक गोल फर्काएका थिए । यो जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
१३ खेलमा ६ मा जित, ३ मा बराबरी र ४ मा हार व्यहोर्दै २१ अंक बटुलेको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको एक खेल कम खेल्दै २५ अंक छ । पराजित कोलम्बिया १९ अंकसहित छैटौं स्थानमा झरेको छ ।

२०८१ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित