गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी

गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले प्रभावशाली जित हात पार्दै सत्ता पक्षका उम्मेदवारलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका उम्मेदवारहरूले प्रमुख पदहरूमा अग्रता कायम गर्दै विजय हासिल गरेका हुन् ।

सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका छन् । उनले नेविसंघकी रचन परियारलाई ४८ मतको अन्तरले पराजित गर्दै २०९ मत प्राप्त गरे । परियारले १६१ मत ल्याएकी थिइन् ।

सचिव पदमा पनि अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्माले बाजी मारेका छन् । उनले १९९ मत प्राप्त गर्दै अनेरास्ववियुका राजाराम बोहरालाई २८ मतको अन्तरले पराजित गरे । बोहराले १७१ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा अर्याल विजयी भएकी छन् । उनले २०६ मत प्राप्त गर्दै नेविसंघकी सविना गुरुङलाई ४२ मतले पछि पारिन् । गुरुङले १६४ मत प्राप्त गरेकी थिइन् ।

सदस्य पदमा पनि अखिल क्रान्तिकारीका अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् । यसैबीच, गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा भने नेविसंघ-अखिल प्यानल विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =