कमर्श क्याम्पसको सभापतिमा अनेरास्ववियुले बाजी मार्यो, सचिव र कोषाध्यक्ष नेविसंघ विजयी


काठमाडौं । नेपाल कमर्श क्याम्पस, मिनभवनमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनले १,०५३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए ।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा नेविसंघका रविन वलीले ८६० मत ल्याउँदै दोस्रो स्थान हासिल गरे । त्यस्तै, अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ मत प्राप्त गरे भने अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत प्राप्त गरे ।
सचिव पदमा नेविसंघकी ज्ञानु दाहाल निर्वाचित भइन् । उनले ९९४ मत प्राप्त गरिन् भने अनेरास्ववियुका मिलन ओझाले ९२९ मत पाए । अन्य प्रतिस्पर्धीहरूमा सन्देश कुमार थिङले ११० मत र दिपक खड्काले १०७ मत पाए ।
कोषाध्यक्ष पदमा नेविसंघका सुशील खड्का विजयी भए । उनले १,०७७ मत प्राप्त गरे भने अनेरास्ववियुका सौगात पुरीले ९३९ मत ल्याए । यसैगरी, अखिल क्रान्तिकारी बहुमतकी सम्झना खड्काले १४० मत प्राप्त गरिन् भने राप्रविसंघका चक्रे चलाउनेले ३७ मत पाए ।
यस चुनावमा विद्यार्थी संगठनहरूबीच रोचक प्रतिस्पर्धा देखिएको थियो, जसमा विभिन्न पदमा फरक-फरक संगठनका उम्मेदवारहरू विजयी भएका छन् ।
