आफ्नो फोटो जलाउने राप्रपा नेता पक्राउ परेपछि प्रचण्डले भने – गिरफ्तार गर्नु उचित हुँदैन
२०८१ चैत ३ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गम्भीर आरोप लगाएपछि सो को विरोधमा शनिबार राप्रपाका युवा नेता निराजन बमले प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले भरतपुर विमानस्थलबाट पक्राउ गरेको थियो ।
बम पक्राउ परेपछि प्रचण्डको यो स्टाटस आएको हो । प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’
२०८१ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








