अनसनरत पक्षमाथि स्काउट कमिटी सदस्यले गरिन हातपात

काठमाडौं । नेपाल स्काउटको केन्द्रीय कार्यालयमा अनसन बसिरहेकाहरूमाथि हातपात गरिएको छ ।

नेपाल स्काउट शुद्धीकरण अभियानले सुरु गरेको रिले अनसनमा बसिरहेका स्काउटरहरुलाई स्काउट कमिटी सदस्यले हातपात गरेकी हुन् ।

नेपाल स्काउट कमिटीकी सदस्य स्मृति बरालले रिले अनसन बसेका व्यक्तिहरूलाई हातपात गरेकी हुन् ।

अनसन बसिरहेका बेला एक्कासि आएर सदस्य बरालले गालीगौलौज सहित दुव्र्यवहार र हातपात गरेको आन्दोलनरत पक्षले जनाएको छ ।

स्काउटका निर्देशक रामप्रसाद भट्टराईले अनसन स्थलमा टाँसेको ब्यानर हटाइदिएपछि विवाद भएको थियो । निर्देशक भट्टराईकै निर्देशनमा उनी निकट बरालले आन्दोलनरत पक्षमाथि हातपात गरेकी हुन् ।

शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका पक्षलाई बरालले हातपात गरेपछि अहिले स्काउटको कार्यालयमा तनावको स्थित बनेको छ ।

आन्दोलनरत पक्षले स्काउटको कार्यालयमा तालाबन्दी गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =