रास्वपाले बोलायो केन्द्रीय सचिवालय बैठक
२०८१ चैत ३ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
रास्वपाले आज आइतबार दिउँसो ४ बजे बस्ने गरि सचिवालय बैठक बोलाएको हो ।
बैठक पार्टी कार्यालय वनस्थलीमा बस्ने छ । रास्वपाले विभिन्न ५ विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा अघिल्लो बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीति र पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनमाथि छलफल हुने उनले बताए ।
यस्तै बैठकमा केन्द्रीय समितिको विस्तारित बैठक सम्बन्धी प्रस्ताव, पार्टी नियमित गतिविधि र विविध विषयमा छलफल हुने उनले बताए ।
२०८१ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








