गाउँपालिका अध्यक्ष गुप्तालाई अदालतले तोक्यो सजाय

काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा सजाय तोकिएको छ ।

बिहीबार जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनलाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसअघि २१ फागुनमा अदालतले गुप्तासहित नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दोषी ठहर गरेको थियो ।

लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्ष गुप्ता दोषी ठहर, २९ गते सजाय तोकिने

धोबी भने २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले रामा गुप्ता र जितेन्द्र पासवानलाई भने सफाइ दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =