होलीमा उच्छृंखल गतिविधि गर्ने २४ जना प्रहरी नियन्त्रणमा
२०८१ फागुन २९ गते

फाइल फोटो ।
काठमाडौं । रंगहरुको पर्व होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको भन्दै प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार अपराह्नसम्म २४ जना पुरूषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए । त्यस्तै चारपांग्रे र दुई पांग्रे गरी १४३ वटा सवारी साधनलाई होल्ड गरिएको एसपी बोहराले जानकारी दिए।
होलीलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि काठमाडौंमा करिब तीन हजारको संख्यामा प्रहरी परिचालन भएका थिए ।
२०८१ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








