काठमाडौंमा लापसे पनि जाँच

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जाँचलाई बिहानदेखि कडा बनाइएको छ । होलीको बहानामा मादक र लागुपदार्थ सेवनगरी सवारी साधनमा चलाउने क्रमलाई नियन्त्रण गर्न उपत्यकाका विभिन्न ठाउँमा आज बिहानैदेखि कडाइका जाँच गर्न थालिएको हो ।

ट्राफिक प्रहरीका अनुसार बिहानैदेखि उपत्यकाका १७६ ठाउँमा जाँच भइरहेको छ । मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिरहेको प्रहरीले जनाएको छ । उपत्यकाका ६१ ठाउँमा डेडिकेटेड चेकपोइन्ट, ९६ ठाउँमा पिकेट र १९ ठाउँमा होली विशेष जाँच भइरहेको छ ।

होली विशेष सुरक्षा योजनाअन्तर्गत जनपथ, ट्राफिक र सादा पोशाकमा गरी कूल १७ सय ७ सुरक्षाकर्मी परिचालन गरिएको छ । कसैले मापसे-लापसे गरेको पाइए वा नियम उल्लंघन गरे दिनभरी सवारीसाधन होल्ड गर्नुका साथै कारबाही पनि गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =