नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी हो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी भएको बताएका छन् ।

बुधवार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरूले वर्तमान गठबन्धन सरकारको जनविरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएको आरोप लगाए ।

उनले पूर्वराजा शाहको गतिविधिलाई हुंकार दिनकै लागि तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौं आएको बताए ।

अध्यक्ष दाहालले भने, ‘यो गठबन्धन सरकारको जनविरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएर एकथरी इतिहासबाट परास्त भएर मिल्क्याइएका शक्तिहरु फेरि बाटोमा देखापरे । हामीले सोच्यौँ । तराईमा त हिँड्दै गरौँला आएर । पहिला काठमाडौंमा गएर तिनीहरूलाई चुनौती दिनुपर्छ भनेर किनभने यो त उत्पीडित जाति, वर्ग, समुदाय सबैले मिलेर ल्याएको परिवर्तन हो । यसको रक्षा गर्ने जिम्मेवारी जसले जन्माएको हो त्यसको नै हुन्छ । आज समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी नै हो ।’

अध्यक्ष दाहालले प्रतिगामी चलखेललाई सफल हुन नदिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =