विधेयकमाथि गहिराइमा पुगेर रचनात्मक ढंगले अध्ययन गरौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको विधेयकमाथि रचनात्मक रूपले छलफल गर्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयक–८१ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रहपूर्ण हिसाबले भ्रमको खेती गरेको बताए । उनले सरकारले ल्याएको विधेयक निरंकुस नभएको जिकिर गर्दै अध्यादेश भित्रको विषय बस्तु गहिराइमा गएर अध्ययन गर्न प्रतिपक्षीलाई आग्रह गरे ।

उनले विषय वस्तुमाथि द्वन्द्वात्मक रूपले बुझ्ने क्षमता प्रतिपक्षहरूसँग नभएको आरोप लगाए ।

उनले भने ‘जब हामीसँग एउटा आग्रह हुन्छ, आग्रहले हाम्रो सोचाइको क्षितिजलाई एकदमै साँघुरो बनाउँछ । माननीय ज्यूहरूले आग्रह राखेर बोली रहनुभएको छ । अध्यादेश भन्ने बित्तिकै कुनै निरंकुश चिज हो भन्ने हिसाबले व्याख्या गर्नुभएको छ । यो उहाँको एकाङ्की विचार हो भन्ने लाग्छ मलाई । अध्यादेशभित्र के कुरा छ र यो के कारणले ल्याइयो भन्ने कुरा गहिराइमा गएर अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ र छलफल गर्नुपर्छ भन्ने लाग्छ मलाई । सत्ता पक्षले अध्यादेश ल्याउने बित्तिकै प्रतिपक्षले त्यसको विरोध गर्नुपर्ने । हामी विषय वस्तुको लामो छलफलमा गइरहेका छैनौँ । हामी आग्रह पोख्छौँ, भ्रमको खेती गछौँ यहाँ । रचनात्मक रूपले सोच्ने, छलफल गर्ने, द्वन्द्वात्मक रूपले बुझ्ने कुराको धेरै अभाव देख्छु ।’

मन्त्री गुरुङले सुशासन प्रवर्द्धन गर्नु आजको सबैभन्दा सबैको साझा उद्देश्य र दायित्व भएको बताए । प्रतिस्थापन गर्न बनेको विधेयकहरूको विरोध हुनु वैचारिक र सैद्धान्तिक रूपले गलत भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 9 =